युभेन्टस इन्टर मिलानसँग पराजित



काठमाडौं ।

इन्टर मिलानले युभेन्टसलाई पराजित गरेको छ। गएराति सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा इन्टर मिलानले युभेन्टसलाई १-० गोल अन्तरले पराजित गरेको हो।

इन्टर मिलानको जितमा खेलको ३७ औँ मिनेटमा युभेन्टसका फेडेरिको गट्टीले गरेको आत्मघाती गोल नि खेलको निर्णायक गोल बनेको थियो।

यो जितपछि इन्टर मिलानको २२ खेलमा ५७ अंक भएको छ र लिगमा शीर्ष स्थानमा कायम रहेको छ। त्यसैगरी युभेन्टसको भने २३ खेलमा ५३ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्