विश्वकप फुटबल २०२६ : उद्‌घाटन खेल र समारोह मेक्सिकोमा हुने



काठमाडौं ।

विश्वकप फुटबल २०२६ को उद्‌घाटन समारोह र पहिलो खेल मेक्सिकोले गर्ने भएको छ। फिफाले गएराति घोषणा गरेअनुसार विश्वकप २०२६ को उद्‌घाटन खेल मेक्सिकोले गर्ने भएको हो।

जसअनुसारमेक्सिको सिटीको स्टाडियो एज्टेका नामक स्टेडियममा सो उद्‌घाटन समारोह र पहिलो खेल हुनेछ । विश्वकपको उद्‌घाटन खेल जुन ११ मा हुनेछ।

अर्जेन्टिनाका स्ट्राइकर डिएगो म्याराडोनाले सन् १९८६ को क्वार्टरफाइनलमा इङ्ल्यान्डविरुद्ध गरेको ‘ह्यान्ड अफ गड’ गोल यही स्टेडियम एज्टेकामा गरेका थिए, जसको दर्शक क्षमता ८३ हजार रहेको छ।

मेक्सिकोले सन् १९७० र १९८६ सहित यसअघि दुई वटा विश्वकप आयोजना गरिसकेको छ। सन २०२६ मा उसले तेस्रो पटक विश्वकपको आयोजना गर्न लागेको हो । त्यस्तै विश्वकपको फाइनल खेल अमेरिकामा हुने भएको छ।

फिफाका अनुसार न्युयोर्कस्थित न्यु जर्सीको मेटलाइफ स्टेडियममा सो फाइनल खेल हुनेछ। जस अनुसार सो खेल जुलाई १९ मा आयोजना हुनेछ।

अमेरिकाले आफ्नो देशमा पहिलो खेल भने जुन १२ मा नै गर्नेछ, जुन खेल लस एन्जलसको सोफाई स्टेडियममा हुनेछ। तर, यसमा उद्‌घाटनका कुनै कार्यक्रम भने नहुने जनाएको छ।

सन २०२६ को विश्वकपको आयोजना अमेरिकासहित तीन देशले गर्दै छन्। जसअनुसार क्यानडा र मेक्सिको थप आयोजकको रूपमा रहेका छन्। अमेरिकाले सन् १९९४ मा पहिलो पटक विश्वकप फुटबलको आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्