बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

काठमाडौं।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काभ्रेपलान्चोक बनेपा नगरपालिका-६ बस्ने घराना डेभलपर्स प्रालिका सञ्‍चालक ४५ वर्षीया मन्दिरा केसी (कार्की) लाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

साविक पुनरावेदन अदालत पाटनको २०७१ वैशाख २९ गतेको फैसलाले क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीहरूलाई प्रभावमा पारी मन्दिराले घराना डेभलपर्स प्रालिलाई ऋणी बनाई सोही प्रालिका नाममा दर्ता रहको जग्गाहरु धितो राखी प्राप्त गरेको कर्जा दुरुपयोग गरेको भन्ने बैंकिङ कसूर मुद्दामा ३ वर्ष कैद र ४ करोड रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट खटिएको प्रहरीले काभ्रेपलाञ्चोक बनेपाबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ।