आर्ट काउन्सिलमा चित्रकला प्रदर्शनी हुने

644
Shares

काठमाडौं ।

काठमाडौंको सीतापाइलास्थित निर्भाणा एकेडेमी आर्ट क्लबको आयोजनामा तीन दिवसीय चित्रकला प्रदर्शनी हुने भएको छ।

चित्रकला प्रदर्शनी माघ २६ देखि २८ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हुने भएको हो। प्रदर्शनीमा २० विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहने प्रदर्शनी संयोजक लक्ष्मी मास्के (पुनम) ले जानकारी दिइन्।

उनका अनुसार यस प्रदर्शनीमा निर्भाणा एकेडेमीका ३०० जना, आमन्त्रित १५ विद्यालयका करिब ३०० विद्यार्थी, र ६०० अभिभावक र अन्य १०० पर्यवेक्षक सहित करिब १४०० जनाले चित्रकलाको अवलोकन गर्नेछन्।

उक्त  प्रदर्शनीमा निर्भाणा एकेडेमीका विभिन्न तहमा अध्ययनरत ३८ जना विद्यार्थीहरूको चित्रकला समावेश गरिएको छ। चित्रकला प्रदर्शनीबाट विद्यार्थीहरूमा चित्रकला प्रतिको आकर्षण बढ्ने विश्वास लिइएको छ।