देउवा पुत्र जयवीरको बिहे आज

784
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवाको विवाह आज हुँदै छ।

जयवीरको गायिका शिवानी श्रेष्ठसँग विवाह हुन लागेको हो। बिहेका निम्तालुलाई फूल माला, खादा र उपहार नल्याउन आग्रह गरिएको छ।

बुढानीलकण्ठबाटै पारिवारिक जमघटमा विवाह हुने भए पनि प्रिति भोज भने भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा फागुन २ गते हुने भएको छ।

उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतले जनाएको छ।

जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ। त्यसअघि आफन्त र निकटस्थहरूलाई होटल सोल्टीमा पनि पार्टी दिइनेछ।