एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा के छ ? (पूर्णपाठसहित)

0
Shares

काठमाडौं।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७ सय ५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सो पत्र बुझाएका हुन ।

गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको मध्यपाहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष ओली नेतृत्वको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । ध्यानाकर्षण पत्र बुझाएपछि पत्रकारहरुसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यी सुझावहरु जनताको नासो भनेर प्रधानमन्त्रीलाई बुझाएको र त्यसलाई कार्यान्वयन गर्नु सरकारको कर्तव्य भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले ती सुझावहरु दराजमा थन्किन नपाउने र कार्यान्वयनका निम्ति सम्बन्धित निकायलाई ताकेता गर्ने जानकारी दिनुभएको पनि ज्ञवालीले बताए ।

ध्यानाकर्षण पत्रमा मध्यपहाडी राजमार्गको अनलाइनमेन्ट परिवर्तन गर्नुपर्ने, मध्य पहाडमा देखेका विकासका सम्भावना लगायतका विषयहरु उल्लेख छन् ।

यस्तो छ एमालेले प्रधानमन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्र