मध्यरातमा महिलाको घरमा गई बलात्कार गर्न खोज्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौँ।

मध्यरातमा महिलाको घरमै गई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

सल्यानको दार्मा गाउँपालिका ४ भल्चौर घर भई हाल काठमाडौं महानगर–२६ मित्रनगर बस्ने वर्ष २९ को विक्रम थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनले पुस १६ गते राति १२ बजेको समयमा एक महिलाको घरमै पसेर जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ। त्यसक्रममा महिलाले प्रतिकार गर्दा उनले महिलालाई कुटपिट समेत गरेका थिए।

 

फरार रहेका विक्रमलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मित्रनगरबाटै पक्राउ गरेको जनाएको छ।

थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय थारमारे, सल्यान पठाइएको छ।