रविले भने- कान्तिपुरले टर्चर दियो, मेरो खातामा १ करोड ८० लाख जम्मा भएकै छैन

0
Shares

काठमाडौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको बताएका छन्।

सोमबार कान्तिपुरमा प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले यस्तो बताएका हुन्। उनले आफूलाई कान्तिपुरले १० बजे फोन गरेर टर्चर दिएको बताए।

उनले कान्तिपुरले आज प्रकाशित गरेको समाचार पढ्दै आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्ट पारे ।