भादा नदीमा डुबेर महिलाको मृत्यु 

0
Shares

बर्दिया। 

बर्दियाको  गुलरिया नगरपालिका-१० लटकनियाघाटस्थित भादा नदीमा डुबेर एक  महिला मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीया महिला रहेको प्रहरीले जनाएको छ।

उनी नदीमा  डुबेको भन्ने जानकारी प्राप्त हुना साथ तत्काल उद्धारको लागी खटिएको  प्रहरी टोलीले  खोजतलास गर्ने क्रममा उनको  शव फेला परेको थियो।

मृतक महिला भारतको निशानगाडा भन्ने ठाउँको रहेको र उनको  मानसिक सन्तुलन ठिक नरहेको बुझिएको बताइएको छ।

घटनाका  सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।