तीव्र गतिले चक्नाचुर पार्‍यो डाक्टर बन्ने सपना

0
Shares

वीरगन्ज । 

 बीरगन्ज महानगरपालिकामा आइतबार भएको मोटरसाइकल दुर्घटनामा परी २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।  महानगरपालिका वडा नम्बर १५ जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा बिहान भएको मोटरसाइकल दुर्घटनामा परी २ जना एमबीबीएसमा अध्ययनरत विद्यार्थीको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।

पर्सा प्रहरीका अनुसार मृत्यु हुनेहरुमा धनुषा ५ निवासी सुमित यादव र बारा सुवर्णपुर का संजित यादव रहेका छन् । मृतक दुवै जना बीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएसको दोस्रो वर्षमा अध्ययनरत रहेका प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्सा प्रहरीले जानकारी दिएको छ ।

मधेश प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटना भएको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमार विक्रम थापाले जानकारी दिए । मृतक बिद्यार्थीहरुको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगन्जमा राखिएको छ । कलेज प्रशासनका अनुसार उनीहरु दुवै कलेजमा जेहेन्दार छात्रा थिए ।