एमबिबिएस पढ्न पूर्वमन्त्री आलेको आर्थिक सहयोग 

0
Shares

काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमबिबिएस (डाक्टर) पढ्नका लागि डोटीका एक जना विद्यार्थीलाई आर्थिक सहयोग गरेका छन् ।

डोटीको केआइसिंह गाउँपालिका(४ कारीगाउँ बस्ने १७ वर्षीय शिवि बिकलाई  एक लाख आर्थिक सहयोग गर्नु भएको केआइसिंह गाउँपालिका(५ का वडाध्यक्ष दुर्गासिंह रावलले जानकारी दिए ।

उनले भने, “शिवि भाइले एमबिबिएस पढ्नका लागि नाम निकाल्नु भएको थियो, आर्थिक अवस्था कम्जोर भएर पढ्नलाई समस्या थियो, पूर्वमन्त्री आले ज्यूले एक लाख आर्थिक सहयोग गर्नु भएको छ, अब पढाइमा सहज हुने छ ।”

पूर्वमन्त्री आलेले एमबिबिएस पढाईका लागि आर्थिक सहयो गर्नु भएपछि अहिले शिबिको घर परिवार सहित पुरै गाउँमा खुसीयाली छाएको अर्का स्थानीय रुपेन्द्र धामीले बताए । उनले भने, “शिबिको एमबिबिएस पढाइमा सहयोग पुर्‍याउन प्रेम आले ज्यूले आर्थिक सहयोग गरेको खबर सुनेपछि अहिले शिबिको घर परिवार तथा गाउँमा खुसीयाली छाएको छ, हामी सबै खुसी छौँ, एउटा गरिब परिवारको भाइ डाक्टर हुने भयो ।”