जुम्लामा भीरबाट खसेर एक जनाको मृत्यु 

0
Shares

जुम्ला।

जुम्लाको तिला गाउँपालिकामा एक जनाको जंगलमा दाउरा ल्याउन जाँदा भिरबाट खसेर मृत्यु भएको छ।

तिला गाउँपालिका – २ लर्मी गाउँका ४० वर्षीय आसिमान रावतको जंगलमा दाउरा काट्न गएका बेला लडेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश बहादुर चन्दले दिएको जानकारी अनुसार शुक्रबार दिउँसो दाउरा ल्याउन भन्दै जंगल गएका  रावत मृत फेला परेका हुन।

‘दाउरा ल्याउन घरबाट बिहान निस्केका रावत राति अबेरसम्म पनि नफर्किँदा स्थानीय खोजी गर्ने गएका थिए, ‘उनले भने, ‘स्थानीयले खोजी गर्दा पनि रावतलाई नभेटाएपछि प्रहरीलाई जानकारी गराएका थिए।