स्रोत नखुलेको ६ लाख रकमसहित कुशवाहा पक्राउ

0
Shares

रौतहट ।

करिब ६ लाख नेपाली रुपैयाँ सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् ।

 सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र कुमार पाटामगर नेतृत्वको टोलीले शनिवार पाँचलाख ९४ हजार रुपैयाँ सहित परोहा नगरपालिका ८ का दिनेश प्रसाद कुशवाहालाई पक्राउ गरेको छ।

सीमावर्ती बौधीमाई नगरपालिका–७ छोटी बंकुल हुँदै भारत तर्फ गईरहेको बागतमी प्रदेश ०२–०३८ प.–५८६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा  एक हजार दरको ३४२ र पाँच सय दरका ५०४ थानगरी कुल पाँच लाख ९४ हजार रुपैयाँ सहित कुशवाहा पक्राउ  भएको निरीक्षक पाटा मगरले बताएका छन।

 बरामद रुपैया, मोटरसाईकलसहित ४५ वर्षीय  कुशवाहालाई आवश्यक कारवाहीको लागि जिल्ला  भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरी हेक्वा रौतहटले जनाएको छ।