जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

0
Shares

 काभ्रे ।

पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङ ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।