सामुदायिक विपद् व्यवस्थापन सम्बन्धी प्रशिक्षण

0
Shares

 उदयपुर ।

उदयपुरको गाईघाटस्थित होटल कोहबरमा शुक्रबारदेखि सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरुलाई ३ दिने प्रशिक्षण प्रारम्भ गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी उदयपुरको पहलमा हुरण्डेक उदयपुरको आर्थिक सहयोग तथा आयोजनामा शुरु भएको सो प्रशिक्षणमा जिल्लाका आठबटै पालिकाबाट जम्मा २७ जनाको सहभागिता रहेको छ । एउटा पालिकाबाट ३ जनाका दरले र प्रशिक्षकहरु समेत गरी जम्मा २९ जना सहभागि रहेको प्रशिक्षणमा बाढी, पहिरो, आगलागी, भूकम्प लगायतका अन्य आपत् विपद् , दैवी प्रकोपका समयमा पीडितलाई उद्धार तथा राहत वितरण र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले यो प्रशिक्षण आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा आयोजक संस्था हुरण्डेकका अध्यक्ष शंकर थापाले मानव समाजमा विभिन्न प्रकारका आपत् विपद् आउने र त्यसको व्यवस्थापनमा हामी मानव नै सक्रिय भएर लाग्नु पर्ने भएकोले अझ व्यवस्थित र विवाद रहित तरिकाले पीडितहरूलाई सहयोग गर्न प्रशिक्षण आवश्यक भएको बताए।

अध्यक्ष थापाले आउँदा दिनमा भूकम्पले नभत्किने घरहरु निर्माण गर्नु पर्ने र विपद्मा परेका नागरिकलाई आफूबाट समुदायलाई बचाउन भूमिका निर्वाह गर्न सहभागी सबैमा आग्रह ग । आपत् विपद्मा परेकालाई समुदायले नै समुदायमा पहिलो काम गर्नु पर्ने भएकोले यस्तो समयमा अग्रस्थानमा गएर काम गर्नु पर्ने कुरामा जोड दिए।

यसै गरी नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवालले रेडक्रसको मुख्य काम नै नागरिकहरुलाई आपत् विपत परेको समयमा उद्धारमा सहयोग गर्नु र राहत वितरण गर्नु भएकोले वास्तविक पीडित पहिचान गरेर सहयोग गर्नु पर्ने कुरामा जोड दिए ।

उदयपुरमा बढी आगलागिका घट्ना, बाढी पहिरो तथा नदी कटानका समस्या हुने गरेको तर उद्धार र राहत वितरण समयमा हुन नसक्दा जोखिम बढेकोले आउँदा दिनहरुमा समयमै उद्धार र राहत वितरणमा प्रशिक्षण कार्यक्रमले सहयोग पुग्ने सहभागिहरुले बताएका छन् ।

उदयपुरको खास गरी रौतामाई, उदयपुरगढी, ताप्ली र लिम्चुङबुङ गाउँपालिका पहाडी क्षेत्रमा भएकोले र कटारी नगरपालिकाको माथिल्लो भेग पनि पहाडी षैत्र भएकोले वर्षाका समयमा बाढी पहिरोको जोखिम हुने र हिउँदका समयमा आगलागिको भयले मानिसहरुलाई सताउने गरेको हुँदा त्यस्ता घट्ना हुन नदिन पनि सचेत हुन अनुरोध गरिएको छ ।