एकैपटक १० जना फरार प्रतिवादी पक्राउ

0
Shares

उदयपुर ।

जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको इलाका प्रहरी कार्यालय बेल्टारले बिहीबार विभिन्न मुद्दामा सजाय सहित जरिवाना तोकिएका एकै चोटी दस जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सम्बन्ध विच्छेद मुद्दाका तीन जना, गाली बेइज्जती मुद्दाका दुई जना, सरकारी छाप किर्ते दस्तदतमा एक जना, नागरिकता मुद्दामा एक जना,जाल साँचीमा एकजना, गाली बेइज्जतीमा एक जना, जुवामा एक जना र कुटपिट तथा लुटपाट मुद्दामा एक जनालाई पक्राउ गरी फैसलमा कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

यसरी पक्राउ पर्ने र सजाय तथा जरिवाना तोकिएकाहरुमा सम्बन्ध विच्छेद मुद्दामा १२५०। जरिवाना तोकिएकी चौदण्डीगढी नगरपालिका वडा नं ४ बस्ने वर्ष ३८ की शिला तामाङ, चौदण्डीगढी नपा २ बस्ने २५०। जरिवाना तोकिएका वर्ष ४५ को मनहरी मगर , चौदण्डीगढी ९ घर भएका रु.१२५। जरिवाना तोकिएका वर्ष ३३ का भक्त बहादुर थापा रहेका छन् ।

यसैगरी गाली बेइज्जती मुद्दामा रुं ३३, ३३३। जरिवाना तोकिएका चौदण्डीगढी ९ का वर्ष ४२ का नारायण चौधरी र रु. २५। जरिवाना तोकिएकी चौदण्डीगढी ६ बस्ने वर्ष ३४ की संगिता राई रहेको जिल्ला प्रहरी कायाृल्य उदयपुरले जनाएको छ ।

यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दामा ११ महिना १० दिन कैद र ५० रुपैयाँ जरिवाना तोकिएका चौदण्डीगढी ८ बस्ने वर्ष ३० को सन्तोष राई , जालसाँची मुद्दामा ३२, ५०० जरिवाना तोकिएका चौदण्डीगढी ५ बस्ने वर्ष ७५ का भिषण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अन्य फरार प्रतिवादीहरुमा

झुठो विवरण पेशगरी नागरिकता लिई ५ हजार जरिवाना तोकिएका चौदण्डीगढी ५ बस्ने वर्ष ३५ को तिलक राई, जुवा मुद्दामा २०० जरिवाना तोकिएका चौदण्डीगढी ७ बस्ने वर्ष ४५ को कानसिंह राई, कुटपिट मुद्दामा रुं ८७५०। जरिवाना तोकिएका चौदण्डीगढी नपा ६ बस्ने वर्ष ३९ का स बहादुर राईलाई पक्राउ गरिएको जिलला प्रहरी कायाृल्य उदयपुरले जनाएको छ ।

यसैगरी माघ ३ गते बुधबार पनि अस्थाई प्रहरी चौकी बगाहाले वन मुद्दामा सजाय र जरिवाना तोकिएका उक जनालाई पक्राउ गरी फैसला कार्यान्वयनकालागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

यसरी पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ बस्ने वर्ष २८ को मिथुन सदा रहेको र उनलाई अदालतले ३ महिना कैद र २ हजार रुपैया जरिवाना तोकिएको प्रहरीले जनाएको छ ।