रसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ

0
Shares

काठमाडौँ। 

रसिया पटाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  कैलाली लम्कीचुहा न.पा. वडा नं. ६ घर भई हाल  काठमाण्डौँ किर्तिपुरन.पा. वडा नं. १० बस्ने  २८ वर्षीय सरोज थापा रहेका छन्। उनलाई  प्रहरीले बुधवार पक्राउ गरेको हो।

वैदेशिक रोजगारीको लागि रसियाको  प्रतिष्ठित कम्पनीमा मासिक  १,००,०००/-(  एक लाख रुपैयाँ )  सम्म तलव हुने गरी  काम लगाइदिन्छु भनी प्रलोभनमा पारी उनले   पीडितबाट पटकपटक गरी ७ लाख तीस हजार रुपैयाँ ठगी  गरेको प्रहरीले जनाएको छ।

 थापालाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले किर्तिपुरन.पा. वडा नं. १० पाँगा दोबाटोबाट पक्राउ गरेको हो। उनलाई  थप अनुसन्धान एवं  कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ।