टुँडिखेलमा माघी : भीडमा च्यापिएर आठजना घाइते

0
Shares

काठमाडौँ।

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा सहभागी आठजना सर्वसाधारण च्यापिएर घाइते भएका छन्।

थारू र मगर समुदायको आयोजनामा भइरहेको माघी महोत्सवमा सहभागीहरू कार्यक्रमस्थलमा प्रवेश गर्ने गेटमा च्यापिएर घाइते भएका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमोद ढुंगेलका अनुसार घाइते सबैजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ

माघी महोत्सव मनाउने मानिसको भिड अत्यधिक हुँदा समस्या भएको हो