ब्राजिलमा आँधीका कारण ११ जनाको मृत्यु



एजेन्सी ।

ब्राजिलको दक्षिणपूर्वी सहर रियो दि जेनेरियोमा हालै आएको आँधी बेहरीपछि आएको बाढी र पहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।

आइतबार बिहान आएको आँधीले सहरको उत्तरी क्षेत्रका साथै छिमेकी नगरपालिकाहरू नितरोय, डुक डे काक्सियास, बेलफोर्ड रोक्सो र साओ जोस डे मेरिटीलाई प्रभावित गरेको स्थानीय अधिकारीले जनाएका छन्।

बाढीका कारण सयौं मानिसले आफ्नो घर खाली गर्नुपरेको दमकल विभागले जनाएको छ। सहरका मेयर एडुआर्डो पेसले आपतकालीन स्रोत साधन र बाढीबाट प्रभावित मानिसहरूको हेरचाहका लागि संकटकालीन अवस्थाको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्