६ किलो चरेशसहित ५ जना नियन्त्रणमा

0
Shares

हेटौंडा ।

मकवानपुर प्रहरीले करिब ६ किलो चरेशसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो करिब पौने २ बजे इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

मकवानपुरको मनहरी गाउँपालिका वडा–७ स्थित कार्यालयअगाडि चितवनबाट हेटांैडातर्फ आउँदै गरेको ना. ३ च ७४०४ नम्बर कार चेक गर्ने क्रममा कारचालक बाराको जितपुर सिमरा उमनपा वडा–६ बस्ने वर्ष २१ का याकुब खान र कारमा सवार बाराको परवानीपुर गापा वडा–३ बस्ने वर्ष २० का मुकेश राम भनिने मुस्की राम, वीरगञ्ज उमनपा वडा–२१ बस्ने वर्ष २० का इरमान आलम, वर्ष २१ का सोयल मियाँको साथबाट १ सय ग्राम चरेश फेला परेको थियो ।

उक्त विषयमा सोधपुछ गर्दा उनीहरुले मकवानपुरको मनहरी गापा वडा–६, नयाँबस्ती बस्ने रामनारायण श्रेष्ठबाट लिएको बताएपश्चात् श्रेष्ठको घरमा खानतलासी गर्दा ६ किलो १ सय ३५ ग्राम चरेश फेला परेको थियो । चरेश, सवारीसाधन र उनीहरुलाई नियन्त्रणमा लिइ मकवानपुर जिल्ला अदालतबाट ७ दिन म्याद अनुमतिसहित थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।