पुलिसले जित्यो राष्ट्रिय भलिबलको उपाधि



सुर्खेत ।

सुर्खेतमा जारी राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

पुलिसले विहीबार सम्पन्न फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन एपीएफलाई ३-१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

यसअघि नेपाल आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेशले तेस्रो स्थान हासिल गरेको थियो । आज भएको खेलमा गण्डकीले आर्मीलाई ३–१ को सेटमा पराजित गरेर तेस्रो स्थान हासिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्