एसईई खारेज नगर्न बोर्डको सुझाव



काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ ।

बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई खारेज गर्न नहुने सुझाव दिएका हुन् ।

 प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न सरकारलाई बोर्डले सुझाव दिएको छ ।

छिमेकी देशमा समेत कक्ष ८, १० र १२ मा बोर्ड परीक्षा हुने बताउँदै बोर्ड अध्यक्ष शर्माले बिनाअनुसन्धान एसईई नहटाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्