जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

0
Shares

काठमाडौं ।

काठमाडौं महानगरपालिका-३१ आलोकनगरस्थित रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक माङ्खा गाउँपालिका-९ घर भई भक्तपुर बस्ने ४० वर्षीय गोपाल चौलागाई समेत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त वानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १८ हजार ९ सय ८० रूपैयाँ, १ सय ५ अमेरिकी डलर र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।