गाजामा मारिनेको संख्या २३ हजार नाघ्यो

0
Shares

एजेन्सी ।

इजरायली हमलामा परी अहिलेसम्म २३ हजार प्यालेस्टाइनीको मृत्यु भएको छ। हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबर ७ देखी यता गाजामा कम्तिमा २३,००० प्यालेस्टाइनी मारिएका छन।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलसँगको युद्ध सुरु भएदेखि गाजामा कम्तिमा २३,०८४ मानिस मारिएको तथ्यांक सार्वजनिक गरेको हो।

एक विज्ञप्तिमा मन्त्रालयले विगत २४ घण्टामा २४९ जनाको मृत्यु भएको र तीन महिनाभन्दा बढीको लडाइँमा उक्त क्षेत्रमा ५८ हजार ९२६ जना घाइते भएकोसमेत जनाएको छ।