यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य



काठमाडौं ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ।

जसअनुसार हरियो अङ्गुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अङ्गुर ३२०, केरा १३०, अनार ३००, किवी २५०, आभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।

समितिका अनुसार नेपाली ठुलो गोलभेँडा ४०, लोकल सानो गोलभेँडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतीय आलु ३० रुपैयाँमा कारोबार हुँदा स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी ५५० रुपैयाँ प्रतिकेजी कायम भएको छ।

लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८० र हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रुपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ४०, रायो साग ३०, चमसूर, पालूगो  मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार हुँदा जिरीको साग ८० रुपैयाँमा कारोबार भइरहेको छ।

तराइ परवर प्रतिकेजी १३०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदिना २२० रुपैयाँ केजी कायम गरेको कालीमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २५०, हरियो लसुन ११०, नेपाली सुकेको लसुन २६० रुपैयाँमा कारोबारको अनुमति दिएको छ । यस्तै डल्ले भान्टा ४०, लाम्चो भान्टा ३० र हरियो धनियाँ प्रतिकेजी १०० रुपैयाँमा पाइने समितिले जनाएको छ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २६०, रहु माछा ३६० र मंगुरी माछा ३०० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्