राजश्व छली गरेर ल्याएको ५५ लाख भन्दा बढीको चाँदीसहित ३ जना पक्राउ 



काठमाडौँ।

राजश्व छली गरेर ल्याइएको ४७ केजी चाँदीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छली गरेर ल्याएको चाँदी  अबैधरुपमा बिक्रिवितरण गर्ने गरेको भन्ने सुराककीको आधारमा उपत्यका अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले बाराका कामेश्वर साह, पर्साका सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको छ । उनीहरुले भारत लगायतका अन्य मुलुकबाट उक्त परिणामको चाँदी  नेपाल ल्याएको पनि महाशाखाले जनाएको छ ।

उक्त चाँदीको मूल्य  नेपाली बजारमा ५५ लाख ९३ हजार पर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्