मतदाता नामावलीमा नाम नभेटिएपछि मधेशमा फेरिए एमाले उम्मेदवार



काठमाडौँ ।

मधेश प्रदेशमा नेकपा एमालेले राष्ट्रिय सभाको लागि एक जना उम्मेदवारको नाम परिवर्तन गरेको छ ।

उम्मेदवार डा. अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभेटिएपछि उनको ठाउँमा विजाता झालाई उम्मेदवार बनाएको हो ।

सिंह उम्मेदवार सिफारिस भएपनि मतदाता नामावलीमा नाम नरहेपछि झालाई उम्मेदवार बनाउने निर्णय एमाले मधेश प्रदेशले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्