बागमतीमा सत्ता गठबन्धनका ४ जना उम्मेदवारले गरे मनोनयन दर्ता

0
Shares

काठमाडौँ।

राष्ट्रिय सभा सदस्य पदका लागि बागमती प्रेदेशबाट सत्ता गठबन्धनबाट ४ जनाले मनोनयन दर्ता गरेका छन्।

सोमबार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले २ र नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबाट एक एक जनाले मनोनयन दर्ता गरेका छन्।

यस्तै, कांग्रेसबाट महिला क्लस्टरमा विष्णु कुमारी पुडासैनी र अन्यबाट जितजंग बस्नेतले मनोनयन दिएका छन्।

माओवादी केन्द्रबाट अपाङ्ग क्लस्टरका श्रीकृष्ण अधिकारी र एकीकृत समाजवदीबाट दलित क्लस्टरका घनश्याम रिजाल विश्वकर्माले मनोनयन दर्ता गरेका छन्।