विभिन्न मुद्दाका  १३ फरार  प्रतिवादी पक्राउ 

0
Shares

काठमाडौँ। 

विभिन्न मुद्दामा  फरार रहेका १३ जना व्यक्तिलाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराबाट  खटिएको प्रहरीको  टोलीले  बारा जिल्ला अदालतबाट विभिन्न  मुद्दामा कैद जरिवाना तोकी वरदात पश्चात् फरार रहेका उनीहरुलाई लुकीछिपी बसेको अवस्थाबाट आइतबार  पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा वन मुद्दामा.४२,५०० जरिवाना तोकिएका  कलैया उप-महानगरपालिका वडा नं. १५ बकुलहर बस्ने  ४८ वर्षीय सहदेव सहनी,  २०० जरिवाना तोकिएका कलैया उप-महानगरपालिका, वडा नं. ५ घुसुकपुरका  ४५ वर्षीय  सागर प्रसाद लामिछाने, चोरी मुद्दाका महागढिमाई नगरपालिका, वडा नं. २ बस्ने  २८ वर्षीय रूसतम आलम, चोरी मुद्दाका महागढिमाई नगरपालिका, वडा नं. २ बस्ने  ४८ वर्षीय राजेश
महागढिमाई नगरपालिका, वडा नं. ५ कबही बस्ने  ४१ वर्षीय अनिल कुमार साह,  कुटपिट तथा लुटपाट मुद्दाका महागढिमाई नगरपालिका, वडा नं. ७ तेलगाई बस्ने  ५६ वर्षीय राजेन्द्र राय यादव रहेका छन्।

यस्तै  महागढिमाई नगरपालिका, वडा नं. ७ तेलगाई बस्ने कुटपिट तथा लुटपाट मुद्दामा १०० जरिवाना तोकिएका  ५२वर्षीय नवल प्रसाद यादव, महागढिमाई नगरपालिका, वडा नं. ७ तेलगाई बस्ने कुटपिट तथा लुटपाट मुद्दामा ३१३  जरिवाना तोकिएका  बर्ष ६० का  अनुठा प्रसाद यादव, सिम्रौनगढ नगरपालिका, वडा नं. ९ बसवरिया बस्ने भ्रष्टचार मुद्दामा६ महिना कैद सजाय तोकिएका  बर्ष ५१ का  रामु प्रसाद यादव, आदर्शकोतवाल गाँउपालिका, वडा नं. ६ पटेर्वा बस्ने किर्ते मुद्दा का ४५  वर्षीय सुखलाल महतो कोईरी,  जिल्ला बारा, आदर्शकोतवाल गाँउपालिका, वडा नं. ८ कोतवाली बस्ने करकाप मुद्दाका  बर्ष ४५ को बिनोद लाल कर्ण,
फेटा गाँउपालिका, वडा नं. ६ पुरैनिया बस्ने ठगी मुद्दामा ३ महिना कैद रा ५०० जरिवाना तोकिएका  बर्ष ३५ का  लालबाबु ठकुराई, फेटा गाँउपालिका, वडा नं. ६ पुरैनिया बस्ने ठगी मुद्दामा ३ महिना कैद र ५०० जरिवाना तोकिएका  बर्ष ५९ का  तोबाराक अंसारी रहेका छन् ,

पक्राउ परेका उनीहरुलाई बारा जिल्ला अदालतमा बुझाइएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।