शेखर बैठकबाट बाहिरिएपछि दुवै पक्षका नेताहरु छलफमा

0
Shares

काठमाडौँ।

राष्ट्रियसभा निर्वाचनको सिट बाँडफाँटलाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ ।

उमेदवार चयनका लागि आइतबार साँझ सानेपामा बसेको बैठकबाट असन्तुष्टि जनाएर शेखर कोइराला बाहिरिएपछि नेताहरू छलफलमा जुटेका छन् । अहिले दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

शेखर निकट महानमन्त्री गगन थापा, सहमहामन्त्रीहरू बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्य बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेताहरू पार्टी कार्यालयमै छलफलमा जुटेका छन् ।

सभापति शेरबहादर देउवा निकट नेताहरूले पनि छलफल गरिरहेका छन् ।

शेखर समूहले पार्टीले गठबन्धनबाट पाएका १० सिटमध्ये चार सिट आफूहरूले पाउनुपुर्ने अडान लिएको छ । तर,४ सिट दिन संस्थापन पक्ष तयार नभएपछि शेखर बाहिरिएका हुन्