अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको औषधीसहित दुईजना पक्राउ

0
Shares

काठमाडौं।

अवैध रुपमा ल्याउँदै गरेको करिब २९ लाख ४९ हजार १७ रुपैयाँ बराबरको औषधीसहित गोरखा गण्डकी गाउँपालिका-४ भेंडाबारी बस्ने ३० वर्षीय सुजन भन्ने बिबेक पोख्रेल समेत २ जनालाई प्रतापपुर गाउँपालिका-९ चण्डाल चोकबाट आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय वेलाटारीबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२२ च ८९९६ नम्बरको कारलाई जाँच गर्ने क्रममा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको माईकोफिट्स ३ सय ६० ट्याब, ओकेरोन १ सय इन्जेक्सन र किल्डुम ३ सय एमजी लगायत विभिन्न प्रकारका औषधीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।