आमाको लडेर मृत्यु, छोरा विदेशमा बेपत्ता

0
Shares

धादिङ। 

धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ ओढारेमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

 घाँस झार्ने क्रममा सालको रुखबाट लडेर ४६ बर्षीय कालिमाया चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।

घरमा श्रीमान् र श्रीमती मात्र बस्दै आएका थिए । दुई छोरा रोजगारिको लागि भारतमा बस्दै आएको र कामको सिलसिलामा भारत जाँदा जेठो छोरो पनि आन्द्रा प्रदेशको विजयवाडाको  रेल स्टेसन बाट यही पौया १७ गते देखि वेपत्ता रहेका छन् ।