बारीको ढिस्को खसेर पुरिदा एक वृद्धको मृत्यु

0
Shares

सिन्धुली ।

 सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिवार आफ्नै बारीको ढिस्को झरेर पुरिदा एक जना वृद्धको ज्यान गएको छ । आफ्नै बारीको ढिस्को झरेर पुरिदा फिक्कल गाउँपालिका वडा नं. ५ रजे गाउँका ७४ वर्षका मन बहादुर बुढाथोकीको ज्यान गएको हो ।

 शनिवार बिहान बारीको काल्ला खन्न गएका उनी अबेर सम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो । बारी माथिबाट हेर्दा ढिस्को झरेको देखिएको र ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए । प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा  गरी शव पोष्टम्याटमका लागि सिन्धुली अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।