गाँजाको धुलोसहित दुईजना पक्राउ 

0
Shares

वीरगन्ज।

पर्सा प्रहरीले लागुऔषध गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरियाबाट खटेको विशेष टोलीले महुवन चोकबाट करिब ४२ किलो गाँजाको धुलोसहित २ जनालाई पक्राउ गरेको हो ।प्रहरीले गाँजाको धुलोसहित मकवानपुर भिमफेदी ९ का ३४ वर्षीय सुमन ब्लोन र पर्साको पटेर्वासुगौली ४ निवासी विनोद रामलाई पक्राउ गरेको हो ।

गण्डक नहरबाट देउरियाबाट जाँदै गरेको बा प्र.०३–००१ च १५४० नम्बरको पिकअपलाई जाँच गर्दा प्लास्टिकमा टेपले बेरिएको ४२ वटा गाँजाको धुलोसहितको पोका बरामद भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख मोहन केसीले बताए । उनका अनुसार प्रहरीलाई आएको विशेष सूचनाको आधारमा गाडीलाई जाँच गर्दा चालकको सीटमुनि लुकाइछिपाइ राखेको अवस्थामा गाँजाको धुलो बरामद भएको हो ।

पक्राउ परेकाहरुमाथि लागुऔषध सम्बन्धी कसुरमा म्याद थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरिया राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।