आयरल्याण्डको माथिल्लो सदनका अध्यक्ष भोलि नेपाल भ्रमणमा आउने

0
Shares

काठमाडौँ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको निमन्त्रणामा  आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका जेरि बट्टिमर पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार नेपाल आउने भएका छन् ।

अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार बिहान ८ बजे नेपाल आउने कार्यक्रम रहेको अध्यक्ष तिमिल्सिनाका प्रेस सल्लाहकार दुर्गाप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार अध्यक्ष बट्टिमरले सोमबार दिउँसो राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासँग सिंहदरबार स्थित कार्यकक्षमा भेट गर्ने र मंगलबार बिहान सभामुख देवराज घिमिरेसँग भेट्ने कार्यक्रम रहेको छ ।

 उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा नारायणहिटी दरबार संग्राहलय, बसन्तपुर दरबार, भक्तपुर दरबार, स्वयम्भू लगायतका स्थानको भ्रमण गर्ने कार्यक्रम छ ।

अध्यक्ष बट्टिमर सन् २०२२  डिसेम्बर १६ मा आयरल्याण्डको २६औं माथिल्लो सदनको अध्यक्षको रूपमा नियुक्त भएका हुन् ।