उपभोक्ता हित संरक्षण मञ्चको अध्यक्षमा सापकोटा निर्वाचित

0
Shares

धादिङ ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल, जिल्ला शाखा धादिङकाे अधिवेशनले शिवराज सापकोटालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
उपभोक्ता अधिकारका लागि क्रियाशील उपभाेक्ता हित संरक्षण मञ्चले धादिङमा खाद्य अधिकार तथा अन्य उपभोक्ताका अधिकारका लागि काम गरिरहेको छ ।
अधिवेशनले उपाध्यक्ष ईश्वरि अर्याल, सचिवमा चन्द्रमान किसान,  कोषाध्यक्षमा  निषा गजुरेल, सहसचिवमा शोभा तामाङ र सदस्यहरुमा नबिन रिजाल,  भिमसेन गजुरेल, काली बहादुर तामाङ, रामकाजी बिसुराल,  रिकमान तामाङ,  ईश्वर कँडेललाई निर्वाचित गरेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष वेदबहादुर खाँणकाे अध्यक्षतामा भएकाे अधिवेशनले कानुनी सल्लाहकारमा जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान बिक, र सल्लाहकारमा  उत्तम कँडेल, हरि शर्मालाई चयन गरेको छ ।