नौ दिनदेखि बेपत्ता वृद्धको शव  फेला

0
Shares

विराटनगर । 

मोरङमा ९ दिनदेखि बेपत्ता भएका एक वृद्धको शव पोखरीमा डुबेको अवस्थामा फेला परेको छ।

धनपालथान गाउँपालिका–३ सोराभागका ६८ वर्षीय फुलकित मण्डलको शव फेला परेको हो। घरदेखि २ सय मिटर उत्तर–पश्चिममा रहेको गनगाई समुदायको पोखरीमा डुबेको अवस्थामा मण्डलको शव फेला परेको थियो। सडेगलेको दुर्गन्धित अवथामा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।

उनका अनुसार मण्डल पुस १२ गतेदेखि घरबाटै बेपत्ता भएका थिए। परिवारबाट सम्पर्कविहीन भएका उनको खोजी गर्ने क्रममा पोखरीमा डुबेको अवस्थामा शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर बुद्धिराम चौलागाईं नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ। शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ।