३१ औँ त्रिवेणी कपको उपाधि लालीगुराँस यूथ क्लब भुजुङलाई



लमजुङ। 

३१ औँ त्रिवेणी कपको उपाधि लालीगुराँस यूथ क्लब भुजुङले जितेको छ । लमजुङ सदरमुकाम बेसीशहरस्थित सहजी खेलमैदानमा शनिवार भएको फाइनल खेलमा बेसीशहर यूथ सोसाइटीलाई १–० को गोल अन्तरले हराउँदै १९ वर्षपछि लालीगुराँस यूथ क्लब भुजुङले ३१ औ त्रिवेणी कपको उपाधि जितेको हो ।

निर्धारित खेल समयको ६० मिनेटमा बेसीशहर यूथ सोसाइटीका आन्देश नियाले अनगोल गरेका थिए । लालीगुराँस यूथ क्लबका सीमान्त थापाले था्रेइङ गरेको बललाई बेसीशहर यूथ सोसाइटीका आन्देश नियाले अन गोल गरेपछि उक्त गोल नै निर्णायक गोल बन्न पुगेको थियो । उक्त समयमा पछि कुनै पनि गोल गर्न नसकेपछि  लालीगुराँस युवा क्लबले त्रिवेणी कपको उपाधि जितेको हो ।

उपाधि विजेता लालीगुराँस क्लब भुजुङले आठ लाख पुरस्कार राशिसहित त्रिवेणी कप, स्वर्णपदक र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बेसीशहर यूथ सोसाइटी शेराले  ४ लाख रुपैयाँ सहित, रजतपदक र प्रमाणपत्र हात पारेको छ ।

फाइनल खेलमा लालीगुराँस युवा क्लबका सुदिप गुरुङ म्यान अफ दी म्याच घोषित भए । प्रतियोगितामा खेल अवधिभर चार गोल गरी सुन्दरबजार युवा क्लबका जर्सी नम्बर १२ का एरोन थापाले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका छन् । सर्वाधिक गोलकर्ता थापाले २० हजार र प्रमाणपत्र पाएका छन् ।

यसैगरी, उत्कृष्ट खेलाडी बेसीशहर यूथ सोसाइटी जर्सी नम्बर ६ का खेलाडी लक्षु थापा मगरले २० हजार रुपैयाँ प्राप्त गरेका छन् । उत्कृष्ट गोलकिपरको उपाधि
प्रतियोगिताको सेमिफाइनलमा पुग्ने दुई टिम लाङ्दी दवि युवा क्लब र एलजि एसोसिएन पोखराले नगद १-१ लाख रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लबका अध्यक्ष राजकुमार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्