झरना खोलामा ईश्वर स्मृति भवन निर्माण

0
Shares

नवलपरासी। 

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र झरना खोलामा ईश्वर स्मृति भवन निर्माण गरिएको छ ।
पूर्वी नवलपरासीकाे हुप्सेकाेट ४ स्थित झरनाखाेला पूर्व पश्चिम  शिवालिक डाँडाको दक्षिण खोचमा पर्दछ ।

सदरमुकाम कावासोती स्थित शिव सामुदायिक विद्यालयका  २०५५/५६ ब्याजका बिद्यार्थीहरूकाे सहयोगमा निर्मित स्मृति भवन शनिवार झरनाखाेला संरक्षण समितिलाई हस्तान्तरण गरिएको हो ।

पूर्व पश्चिम राजमार्गबाट सवारी साधन लिई करिब आधा  घण्टाको समयमा पुग्न सकिने झरनाखाेला स्थानीय स्तरमा निक्कै आकर्षक पर्यटकीय गन्तव्य हो ।