परराष्ट्र नीतिको कसीमा मोदी सरकार



काठमाडौं ।

वर्तमान भू–राजनीतिक अवस्था गम्भीर देखिएको छ। संसारमा तीनवटा गम्भीर प्रकृतिका तनावका बाछिटाबाट भू–राजनीति प्रभावित देखिएको छ।

रसिया युक्रेन युद्ध, इजरायल–हमास भीडन्त र चीन–ताइवानको द्वन्द्वले गर्दा भू–राजनीतिक गठबन्धन एवं गठजोडसमेत निर्माण र विघटन भइरहेको छ । सन् २०२४ मा ताइवानको चुनाव, अमेरिकाको चुनाव र भारतको चुनावमा परराष्ट्र नीति एउटा महत्वपूर्ण भाष्य भएको छ।

यही आलोकमा मोदीको परराष्ट्र नीतिको बारेमा व्यापक बहस भइरहेको छ। मोदीको परराष्ट्र नीतिलाई सूत्रात्मक व्याख्या भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले आफ्ना दुईवटा महत्वपूर्ण पुस्तकहरू ‘इन्डिया वे’ हवाई भारत मयाटरसको माध्यमबाट सार्वजनिक गरेका छन्।

सन् २०१४ मा मोदीको आगमनका कारण भारत अमेरिकीसम्बन्धमा व्यापक परिवर्तन भएको छ। अमेरिकी–भारत सम्बन्ध उत्तारचढावले भरिएको देखिन्छ।

इतिहासको कालखण्डमा दुईवटै मुलुकहरू दुई विपरीत ध्रुवमा ध्रुवीकृत देखिन्थ्यो। बङ्गलादेशको स्वाधीनताको लडाइँमा अमेरिकाले भारतमाथि चर्को दबाब दिँदै भारतको विरुद्धमा सैनिक कार्यवाही गर्नेसमेत धम्की दिएको थियो भने भारतको आणविक परीक्षणलाई कटु आलोचना गर्दै भारतको विरुद्धमा आर्थिक नाकाबन्दीसमेत गरेको थियो।

तर सन् २००० देखि भारत–अमेरिकी सम्बन्धले नयॉ उचाइ प्राप्त गरिरहेको छ। सन् २००० मा अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको भारत यात्रालाई अमेरिका–भारत सम्बन्धको कोसेढुंगाको रूपमा लिइन्छ।

क्लिन्टनपश्चात् पनि जर्ज बुस र ओबामाले भारतसँगको सम्बन्धलाई उच्च महत्व दिएको देखिन्छ । सन् २०१४ देखि सन् २०१६ सम्म अमेरिकी राष्ट्रपति ओबामाले भारतसँगको सम्बन्धलाई विशेष महत्व दिएको देखिन्छ।

सन् २०१६ मा भारतसँग सुरक्षा सम्झौता गरेर अमेरिकी–भारत सम्बन्धलाई नयॉ गोरेटो र धरातल दिने काम ओबामाले गरेको देखिन्छ। गणतन्त्र दिवसको अवसरमा प्रमुख आतिथ्य ग्रहण गरेर अमेरिकी–भारत सम्बन्धलाई प्रगाढ बनाउने काम ओबामाले नै गरेका थिए।

अमेरिकी राष्ट्रपतिहरूमध्ये दुईपटक राष्ट्रपतिको रूपमा भारत भ्रमण गर्ने ओबामा नै थिए। मोदी र ओबामाबीच नौपटक वार्ता भएको देखिन्छ। सन् २०१६ मा अमेरिकी सदनलाई सम्बोधन गर्न मोदीलाई अवसरसमेत प्राप्त भएको छ।

यसै गरी सन् २०१७ देखि सन् २०२१ सम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत सम्बन्धलाई उच्च महत्व दिएको देखिन्छ । ट्रम्पको कार्यकाल नै भारत र अमेरिकीले टु प्लस टु संवादको थालनी गरेका थिए।

टु प्लस टु संवादमा दुई देशका सुरक्षा र परराष्ट्रमन्त्री दौत्य सम्बन्धको गम्भीर पक्षहरूलाई विश्लेषण र संश्लेषण गर्ने गरिन्छ । ट्रम्पको समयमा भारत–अमेरिकीबीच सुरक्षा मामिलामा उपलब्धिपूर्ण सम्झदारी भएको देखिन्छ।

तदनुरूप अमेरिकी–भारतबीच कमकासा र बेका सम्झौता भएको देखिन्छ। उक्त सम्झौताको माध्यमबाट भारतले अमेरिकाको प्रविधि र सूचना साझेदारी गर्न सक्दछ।

सन् १०१९ मा हुडी मोदी उत्सव अमेरिकामा हुनु र भारतमा नमस्ते ट्रम्पबाट ट्रम्पलाई उच्च सम्मान दिनुजस्ता परिघटनाहरूले अमेरिकी–भारत सम्बन्धलाई विम्बित गर्दछ।

ट्रम्पको कालखण्डलाई सामरिक जानकारहरूले उच्च मूल्याङ्कन गरेको देखिन्छ । कर्वाड (भारत, अमेरिका, जापान र अस्ट्रेलिया) जस्ता चतुर्भुजीय समीकरणलाई सक्रिय बनाउन ट्रम्पको भूमिका महत्वपूर्ण रहेको छ।

एसिया प्यासिफिकको बदलामा इन्डोप्यासिफिकको प्रयोग गरेर हिन्दमहासागरीय क्षेत्रमा भारतको भूमिकालाई महत्वपूर्ण बनाउन ट्रप्पको योगदानलाई न्यूनीकरण गर्न सकिँदैन।

ट्रम्पको समयमा पाकिस्तानलगायत विभिन्न आतंकवादी अड्डाहरूमाथि सामरिक दबाब दिन अमेरिकी–भारतबीच व्यापक समझदारी उनको कार्यकालमा भएको थियो। सन् २०२१ पश्चात् वाइडेनको नेतृत्वले समेत भारतलाई उच्च महत्व दिएको देखिन्छ।

वाइडेनले एक संवादबीच अमेरिकी–भारत सम्बन्धको वर्तमान अवस्थालाई भारत–अमेरिकी सम्बन्धको सर्वोत्तम समय भएको उल्लेख गरेका छन्। हुन त वाइडेनको उक्त अभिव्यक्तिबाट भारतका सामरिक जानकार श्याम शरणले असहमति जाहेर गरेका छन्।

भारतको गणतन्त्र दिवसको अवस्थामा प्रमुख अतिथिको रूपमा वाइडेनको पूर्वनिर्धारित घोषणा फिर्ता हुनुजस्ता परिघटनालाई उनले अम्भीरतापूर्वक लिएका छन्।

साथसाथै कर्वाडलाई सक्रिय नबनाउनु र संयानफ्रनसिकका राष्ट्रपति सीको भेटपश्चात् चिनिया नीतिमा अमेरिका कम आक्रामक हुनुजस्ता परिघटनालाई श्याम शरणले सूक्ष्म विश्लेषण गरेका छन्।

तर वाइडेनको कार्यकालमा अमेरिकी सदनलाई मोदीले पुनः सम्बोधन गर्न पाउनुजस्ता परिघटनाले कूटनीतिको लागि विषेश महत्व राखेको छ। अमेरिकी सदनलाई दोस्रोपटक सम्बोधन गर्ने मूर्धन्य नेताहरूमा विनसटन चर्चिल, नेल्सन मण्डेला, इजरायली प्रधानमन्त्री र मोदीमात्र रहेका छन्।

वाइडेनको समयमा अमेरिकाको उच्च व्यापारिक घरानाहरू भारतमा लगानी गर्न अभिरुचिका साथ अगाडि बढिरहेका छन्। वर्तमान परिवेशमा माइक्रोनदेखि गुगलसम्मले भारतमा आफ्नो व्यापार वृद्धि गरिरहेको छ।

अमेरिका–भारतको सबभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ। भारत–अमेरिकाबीचमा १९५ बिलियन डलरको व्यापार रहेको छ। अमेरिकाले भारतमा ६० बिलियन निवेश गरेको छ भने भारतले अमेरिकामा ४० बिलियन निवेश गरेको छ।

अमेरिका र भारतबीच विभिन्न संयन्त्रमा संवाद भइरहेको छ । संवादलाई परिचालन गर्न ६० वटा उच्चस्तरीय संयन्त्र रहेको छ । भारतीय मूलका अमेरिकीको संख्या अमेरिकामा ४ दशमलव ८ बिलियन रहेको छ भने अमेरिकी विश्वविद्यालयमा २ लाख भारतीय विद्यार्थीहरूले उच्च शिक्षा हासिल गरिरहेका छन् । मोदीको मध्यएसियाली नीति पनि सर्वाधिक चर्चा भएको देखिन्छ।

आर्थिकरूपले भारत र मध्यएसियाबीचको सम्बन्ध अधिक महत्वपूर्ण रहेको छ। भारतका ८ मिलियन कामदारहरूमध्ये एसियामा कार्यरत रहेका छन् । भारतले आप्mनो ऊर्जाको ४२ प्रतिशत आयात मध्यएसियाबाट नै गर्ने गरेको छ भने खाद्यान्न, बिजुलीलगायत भारतबाट उत्पादित वस्तुहरूको निर्यातको लागि मध्यएसिया राम्रो बजार रहेको छ।

मध्यएसियाली मुलुकहरूमा साउदी अरेबिया, बहराइन, इजिप्टजस्ता मुलुकहरूले मोदीलाई देशको सबभन्दा उच्च सम्मानबाट विभुषित गरेका छन्।

सन् २०१८ मा इस्लामिक सहयोग संगठनमा सुष्मा स्वराजलाई सम्बोधन नगर्न पाकिस्तानले मध्यएसियाली मुलुकहरूलाई चर्को दबाब दिएको थियो।

अर्थात् भारतीय परराष्ट्रमन्त्रीले उक्त सम्मेलनलाई सम्बोधन गरेको खण्डमा पाकिस्तान सहभागी नहुनेसमेत संकेत थियो। यु.ए.ई. लगायत अनेकौं इस्लामिक राष्ट्रहरू पाकिस्तानको चेतावनीलाई प्रतिकार गर्दै सुष्मा स्वराजको सम्बोधनलाई सम्मेलनमा उच्च महत्व दिए।

मोदीको अमेरिकी मध्यएसियाली नीतिलाई मापन गर्दा इजरायल पनि महत्वपूर्ण हुन जान्छ। भारतीय प्रधानमन्त्रीको रूपमा इजरायल यात्रा गर्ने मोदी नै हुन्। इजरायल भारतको तेस्रो ठूलो सुरक्षा साझेदारी रहेको छ।

सूचना र प्रविधिको क्षेत्रमा भारतलाई हरेक आपतकालीन अवस्थामा इजरायलको सद्भाव प्राप्त भएको छ। मोदीले अमेरिकी र मध्यएसियाली सम्बन्धलाई उच्च महत्व दिएको यी तथ्यहरूले प्रमाणित गरेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्