स्वस्तिमा अब निर्मात्री, निश्चलसँगै देखिनेछिन् पर्दामा



काठमाडौं ।

नायिका स्वस्तिमा खड्का अब निर्मात्री बन्ने भएकी छन्। स्वस्तिमाले फिल्म बेहुली फ्रम मेघौलीमार्फत फिल्म निर्माणमा डेब्यु गर्न लागेकी हुन्।

आगामी फागुन–चैतबाट छायांकनमा जाने फिल्ममा स्वस्तिमा आफ्नो रियल जोडी अर्थात् निर्देशक तथा अभिनेता निश्चल बस्नेतका साथ अभिनय गर्दै छिन्।

आकाश बरालले निर्देशन गर्ने भनिएको फिल्मको शीर्ष भूमिकामा विजय बराल पनि अनुबन्धित भएका छन्। सामाजिक कथामा बन्न लागेको यो फिल्मलाई निश्चलको ब्यानर ब्ल्याक हर्स पिक्चर्सले निर्माण गर्नेछ।

फिल्म होस्टल रिर्टन्सबाट कला क्षेत्रमा डेब्यु गरेकी स्वस्तिमाले पहिलो फिल्मबाट नै आफ्नो करिअरमा पछाडि फर्किनुपरेको छैन।

फिल्म बुलबुलमा अभिनय गरेपछि भर्सटाइल अभिनेत्रीको छवि बनाएकी उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत चुम्दै आएकी छन्।

प्रतिक्रिया दिनुहोस्