जापान भूकम्प: मृत्यु हुनेको संख्या ७८ पुग्यो



एजेन्सी ।

मध्य जापान र आसपासका क्षेत्रमा सोमबार गएको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ। सोमबार गएको ७.६ म्याग्निच्यूडको भूकम्पले इशिकावाको बाजीमा शहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको छ।

जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई सन् २०२४ मा नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ। भूकम्पले निगाटा, टोयामा, फुकुई र गिफु प्रान्तमा पनि क्षति पुर्‍याएको छ।

भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन।

प्रतिक्रिया दिनुहोस्