पौष २० गतेदेखि नेपाल इन्टरनेशनल फर्निचर एक्सपो हुँदै



काठमाडौं ।

काठमाडौंको भृकुटीमण्डपमा नवौँ नेपाल इन्टरनेशनल फर्निचर एण्ड होम डेकर इन्टरनेशनल एक्सपो हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसले संयुक्त रूपमा उक्त एक्सपो गर्न लागेका हुन्।

उक्त एक्सपो पौष २०, २१ र २२ गते हुने आयोजकले जनाएको छ। उक्त एक्सपोमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन्।

आयोजकका अनुसार प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने छ।

नवौं नेपाल उड प्रदर्शनीमा आयोजकहरुले संसार भरका ख्याती प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरुमा प्रयोग गराउन एउटा पहलका रुपमा लिएका छन्।

फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधि को बारेमा जानकारी गराउनका लागि यो प्रदर्शनी विगत ८ वर्ष देखी सञ्चालन हुँदै आइरहेको छ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने हामीले विश्वास  लिइएको छ।

प्रतिक्रिया दिनुहोस्