प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधिका लागि आज एपीएफ र कोशी भिड्दै

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा आज विभागीय टिम एपीएफ र कोशी प्रदेश भिड्ने भएका छन्। यो खेल आज टियु क्रिकेट मैदानमा बिहान ११ बजेदेखि शुरु हुँदै छ।

प्रतियोगितामा एपीएफ अपराजित हुँदै फाइनलसम्म पुगेको हो। लिग चरणमा सबै खेल जितेर शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै फाइनलमा पुगेको थियो।

त्यस्तै पहिलो क्वालिफायरमा पराजित भएर दोस्रो क्वालिफायर खेलेको कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

यस प्रतियोगितामा एपीएफ र कोशीबीच तेस्रो पटक भिडन्त हुन लागेको हो। यस अघिका दुवै खेल एपीएफले जितेको थियो। लिग चरणमा एपीएफले कोशीलाई ८ विकेटले  पराजित गरेको थियो।