रुसी सेनामा भर्ना भएका तीन नेपालीको मृत्यु

0
Shares

काठमाडौं ।

भिजिट भिसामा रुस पुगेर रुसी सेनामा भर्ना भएका थप तीन जना नेपालीको लडाइँको क्रममा मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि गरेको हो।

मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन नेपालीको मृत्यु भएको जानकारी दिनुभएको छ। उहाँका अनुसार मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, धादिङका राजकुमार गिरी र कैलालीका भरतबहादुर शाह रहेका छन्।

उनीहरूको शव नेपाल ल्याउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो। रुस पुगेर रुसी सेनामा भर्ना भएकामध्ये अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ।

सरकारले रुसी सेनामा नजान औपचारिक रूपमा आग्रह गरेको भए पनि अहिले पनि रुसी सेनामा भर्ना हुन जाने क्रम भने रोकिएको छैन।