जापान एयरलाइन्सको विमानमा आगलागी

0
Shares

एजेन्सी ।

अवतरणको क्रममा रहेको जापान एयरलाइन्सको विमानमा आगलागी भएको छ। विमान राजधानी टोक्योको हानेदा विमानस्थलमा अवतरणको क्रममा थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार धावनमार्गमा पार्किङ गरी राखेको अर्को विमानसँग ठोक्किएपछि आगलागी भएको हो। स्थानीय सञ्चारमाध्यमबाट सार्वजनिक भएका भिडियोमा विमानको झ्यालबाट र त्यसको मुनि आगो निस्किरहेको देखिएको छ।

विमान अवतरण गरेपछि जापान कोस्ट गार्डको विमानसँग ठोक्किएको थियो। सार्वजनिक प्रशारणकर्ता एनएचकेले जापान एयरलाइन्सलाई उद्धृत गर्दै उक्त जानकारी दिएको छ।