आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ सुरु



काठमाडौं ।

अंग्रेजी पात्रोअनुसार आजदेखि नयाँ वर्ष सन् २०२४ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरूले एक-आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।

जिजस क्राइस्टलाई फाँसी दिएपछि ईस्वी सम्वत् (सन्) सुरुवात भएको मानिन्छ। पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भन्ने गरिन्छ।

नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरू भइरहेका छन्। इस्वी सम्वत् नेपालमा प्रचलनमा नभए पनि केहीवर्ष अघिदेखि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ।

विशेष गरी युवापुस्ताले अंग्रेजी नयाँ वर्षलाई मनाउने गरेका छन्। विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका छन्।

प्रतिक्रिया दिनुहोस्