वनभोज हिँडेको बस दुर्घटना हुँदा २० जना घाइते



तुलसीपुर ।

वनभोज हिँडेको बस दाङमा दुर्घटना भएको छ। बर्दियाबाट वनभोज (पिकनिक)का लागि जाँदै गरेको बस दाङको तुलसीपुर–अमेलिया सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१३ दमार गाउँमा दुर्घटना भएको हो।

आज बिहान भएको उक्त दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ। बर्दियाको बढैया ताल गाउँपालिका–६ मैना पोखरमा रहेको पिपरहवा कृषि कृषक समूहबाट पिकनिकका लागि दाङको चखौरा जाँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

घाइतेहरूलाई उद्धार गरेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्