इमरान खानलाई चुनाव लड्न प्रतिबन्ध

0
Shares

एजेन्सी।

पाकिस्तानमा सन् २०२४ मा हुने आम निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानले उम्मेदवारी दिन नपाउने भएका छन्। पाकिस्तानको निर्वाचन आयोगले उनको उम्मेदवारी अस्वीकार गरेको हो। पाकिस्तानी सञ्चारमाध्यमका अनुसार पाकिस्तान निर्वाचन आयोगले शनिबार यो जानकारी दिएको हो।

अधिकारीहरूले भने कि इमरान खानले चुनाव लड्न दुई वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका थिए। ७१ वर्षीय इमरान खान सन् २०२२ को अप्रिलमा प्रधानमन्त्री पदबाट हटाइए पछि राजनीतिक र कानुनी लडाइँमा फसिरहेका का छन्।

खानलाई प्रधानमन्त्रीको रूपमा आफ्नो कार्यकालमा सरकारी उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको छ, जसको लागि उनलाई अगस्टमा तीन वर्षको जेल सजाय सुनाइएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएका छैनन्।

इमरान खानको मिडिया टोलीले खानलाई भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका कारण आगामी फेब्रुअरी ८ मा हुने आम निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गरेको छ। तर, उनले शुक्रबार मात्रै उम्मेदवारी दर्ता गराएका खानका सहयोगीहरूले जानकारी दिएका छन्।

पाकिस्तानको निर्वाचन आयोगले भने कि इमरान खानको उम्मेदवारी अस्वीकार गरिएको छ किनभने उनी निर्वाचन क्षेत्रको दर्ता मतदाता थिएनन् र उनलाई अदालतले दोषी र अयोग्य घोषित गरेको छ।

इमरान खानले आफ्नो गृह नगर मियाँवालीबाट चुनाव लड्न दोस्रो उम्मेदवारी दर्ता पनि गरेका थिए, जसलाई पनि अस्वीकार गरिएको उनको मिडिया टोलीले जनाएको छ। इमरान खान पाकिस्तानमा निकै लोकप्रिय छन्।

आफूलाई सेनाले चुनावबाट वञ्चित राख्न खोजेको उनको भनाइ छ। यता सेनाले भने उक्त आरोपको खण्डन गरेको छ।