नटिंघम फरेस्टसँग हार्‍यो म्यानचेस्टर युनाइटेड



काठमाडौं ।

ईङलिश प्रिमियर लिग अन्तर्गत नटिंघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा नटिंघम फोरेस्टले म्यानचेस्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

नटिंघमको जितमा निकोलस डोमिनगेज र् मोर्गन गिब्सले एक एक गोल गरेका थिए। त्यस्तै म्यानचेस्टर युनाइटेडका लागि एक गोल मार्कस राशफोर्डले गरेका थिए। यो जितपछि नटिंघम फोरेस्टको २० खेलमा २० अङ्क भएको छ र लिगमा १५औँ स्थानमा उक्लिएको छ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने यो यस सिजनमा नवौँ हार हो। २० खेलमा ३१ अङ्क रहेको म्यानचेस्टर युनाइटेड लिगमा सातौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्